मेरो ,
मन को चिहान बाट
विचार रुपी आत्मा हरु
बेला बेलामा तर्साई रहन्छन
म भने चुपचाप
भाग्न खोज्छु
तर, अदृश्य लाश
हरु
मलाई झस्काई रहन्छन
म
डरले
चिच्याउछु
कराउछु
तर मेरो आवाज
सुन्ने मस्तिक हरु निरिह छन् ...
निरिह अनि मौन
मेरा येथार्थ हरु जस्तै !!!



No comments:
Post a Comment